काठमाडाैं- नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाबीच पाँच महिनामा ४ खर्ब १७ अर्बको अन्तर बैंक कारोबार भएकाे छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको पाँच महिनामा वाणिज्य बैंकहरूको ३ खर्ब ४४ अर्ब ७१ करोड रूपैयाँकाे काराेबार भएकाे हाे। साथै, अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ७२ अर्ब २९ करोड रूपैयाँकाे अन्तर–बैंक कारोबार भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ६०८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरूको ७८ अर्ब ८१ करोड गरी कुल ६८७ अर्ब ३६ करोड रूपैयाँको अन्तर बैंक कारोबार भएको थियो।





About Us
प्रतिक्रिया