काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको रिटमा पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेस गर्ने आदेश भएको छ। मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले आदेश जारी गर्दै पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेस गर्ने भनेको हो।
यसअघिको न्यायाधीश डा.नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उनको रिट हेर्न नभ्याइनेमा राखेको थियो। ओझाले सरकारद्वारा छानबिन समितिको सिफारिसको आधारमा गरिएको बर्खास्तको निर्णय र सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गरिएको भन्दै दुई वटा रिट दर्ता गराएका थिए।
त्यो भन्दाअघि उनको रिटमा सर्वोच्च अदालतले ‘अन्य आदेश’ जारी गरेको थियो। प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाको इजलासले ओझाको मुद्दामा सुनुवाइ गर्दै उनको अर्को मुद्दाको फाइल समेत पेस गर्न आदेश दिएको थियो। यसअघि पुस १ गते पनि ओझाको रिट हेर्न नमिल्नेमा राखिएको थियो। यस्तै, गत मंसिर २८ गते यही मुद्दामा सर्वोच्चले आदेश जारी गर्दै ओझाको पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेस गर्न भनेको थियो।





About Us
प्रतिक्रिया