काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले प्रहरी वृत्त नयाँ बानेश्वरको लेटर प्याड प्रयोग गरी प्रहरी कर्मचारीको किर्ते हस्ताक्षर र छाप लगाई कल्पित दुर्घटना देखाउने गरी २९ थान नक्कली सिफारिस तयार गरिएको बताएको छ।
प्रहरीले सरकारी वकिल कार्यालयमा दायर गरेको अभियोगपत्र अनुसार २९ थान नक्कली सिफारिसमा २ थानमा दाबी भुक्तानी हुन बाँकी रहेको छ। साथै, ७ थानमा बीमा दाबी भुक्तानी गरेको रकम फिर्ता भइसकेको उल्लेख गरिएको छ।
कम्पनीले यस सम्बन्धमा खानतलासी तथा बरामदी मुचुल्कासहित सम्बन्धित निकायमा पत्राचार गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको अभियोगपत्रमा बताइएको छ।





About Us
प्रतिक्रिया