काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले ५ प्रतिशत लाभांशसहितको आ.व. ०८१/८२ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाँडेले चुनौतीपूर्ण आर्थिक परिवेशलाई अवसरमा रूपान्तरण गर्दै सुशासन, सुदृढ जोखिम व्यवस्थापन र सेवाग्राहीकेन्द्रित कार्यदिशाका साथ संस्था स्थिरता मात्र होइन। दिगो र विश्वासिलो वृद्धितर्फ दृढतापूर्वक अघि बढिरहेको बताए।
त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाले सेवासुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूको माध्यमबाट ग्राहकहरूसमक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए। सभाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि लेखापरीक्षकका नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।
त्यस्तै, साधारणसभाले सञ्चालक समितिमा चारजना निर्विरोध निर्वाचित गरेको छ। संस्थापक समूहतर्फ कल्याणविक्रम पाँडे (ग्लोबल आइएमई बैंक लि),नेपाल भूषण श्रेष्ठ (प्राइम कमर्सियल बैंक लि), सुमन मुलेपती (सिटिजन्स बैंक इन्टरनेसनल लि) र सर्वसाधारण समूहतर्फ सुनिता पौडेल निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ।





About Us
प्रतिक्रिया