काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.५२ अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले आज सबैभन्दा बढी कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा सुपर मादी हाइड्रोपावर, थ्रि स्टार हाइड्रोपावर, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, गुडविल फाइनान्स र सिटिजन्स म्यूचुअल फण्ड–२ रहेका छन्।
जसमा सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.९४ प्रतिशत, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, एनएमबी माइक्रोफाइनान्सको ७.३४, गुडविल फाइनान्स ५.७३ र सिटिजन्स म्यूचुअल फण्डका लगानीकर्ताले ४.९० प्रतिशतका दरले कमाएका हुन्।
त्यसैगरी आज सबैभन्दा बढी गुमाउँनेमा ९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ का लगानीकर्ता रहेका छन्। यस कम्पनीका लगानीकर्ताले आज ३.३० प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, एभरेष्ट बैंक डिबेन्चर २०९१ को २.७२ प्रतिशत र मकर जितुमाया सुरी हाईड्रोपावरका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका छन्।
त्यससँगै, आज राधि विद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यूनियन हाइड्रोपावरको २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।





About Us
प्रतिक्रिया