काठमाडौं – वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले माघका लागि ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।
माघ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.६८ प्रतिशत र संस्थागततर्फ औसत ३.३८ प्रतिशत कायम भएको छ । पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत र संस्थागततर्फ औसत ३.३७ प्रतिशत रहेको थियो ।
माघका लागी ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले पुस महिनाको ब्याजदरलाई नै निरन्तरता दिने भएका छन् । माघ महिनामा प्राइम कमर्सियल बैंकले ब्याजदर बढाएको छ ।
माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.४० प्रतिशत, एभरेष्ट बैंकले ४.४० प्रतिशत, कुमारी बैंक ४.४३ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, सिटिजन्स बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.३६ प्रतिशत, हिमालयन बैंकले ५ प्रतिशत र सानिमा बैंकले ४.५५ प्रतिशत ब्याज दिनेछन् ।
यस्तै, आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले ५.१० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् ।
यता, प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।





About Us
प्रतिक्रिया