काठमाडौं – एशियन लाभांश इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३० गते आज बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र नगद लाभांश ५.५२ प्रतिशत (कर प्रयोजनार्थसहित) गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गरिने कम्पनीले जनाएको छ ।







About Us
प्रतिक्रिया