काठमाडौं – साइबर ब्युरोले सामाजिक सञ्जाल, विशेषगरी फेसबुकका Sponsored Ads मार्फत प्रख्यात अन्तर्राष्ट्रिय ई-कमर्स तथा ट्राभल प्लेटफर्महरूको नाम प्रयोग गरी अनलाइन जागिरको प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढ्दै गएकाले सचेत रहन आग्रह गरेको हाे।
ब्युरोका अनुसार ठगी समूहहरूले बी एन्ड बी इटाली, कार गुरु, एट्सी, इक्सीगो, जुमिया, कोगन, मोमोन्डो, मोनिका भिनाडर, कोठा र बोर्ड, ट्राभेलसिटी, थ्राइभ, टुकान ट्राभललगायत चर्चित कम्पनीहरूको नाम र लोगो प्रयोग गरी ‘घरमै बसेर सजिलै कमाइ’ गर्न सकिने झुटो आश्वासन दिने गरेका छन्।
यस किसिमको ठगीमा प्रयोगकर्तालाई सुरुमा सामान्य अनलाइन काम देखाइ सानो रकम लगानी गर्न लगाइन्छ। सुरुमा केही फाइदा देखाएपछि थप रकम लगानी गर्न प्रेरित गर्ने गरेको ब्युरोले जनाएको छ।
ब्युरोले अनलाइनबाट पैसा कमाउने कुनै प्रस्ताव भेटिएमा विशेष सतर्कता अपनाउन आग्रह गर्दै निम्न कुरामा ध्यान दिन अनुरोध गरेको छ:
- कम्पनी वा संस्थाको पृष्ठभूमि राम्ररी अध्ययन गर्नुहोस्
- कम्पनीसँग सामाजिक सञ्जालमार्फत मात्र सम्पर्क भइरहेको छ कि छैन जाँच गर्नुहोस्
- कार्यालय कहाँ छ ? प्रत्यक्ष भेटेर अन्तर्वार्ता किन लिइँदैन ?
- कम्पनीको नाममा नभई कुनै व्यक्तिको खातामा रकम जम्मा गर्न भनिएको छ कि छैन ?





About Us
प्रतिक्रिया