काठमाडौं – नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा हुन वित्तीय लगानी निवारणका सम्बन्धमा इकाईल गरका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमका विवरण, इकाईमा प्राप्त हुने प्रतिवेदन र तिनको विश्लेषण एवम् प्रेषित तथ्याङ्क, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी विवरणसंगै आगामी रणनीतिक प्राथमिकतालाई प्रस्तुत गरेको छ ।
इकाईले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्ने, गो एएमएल अप्रेसनल गाइडलाइन्स जारी तथा अद्यावधिक गर्ने, शङ्कास्पद कारोबार र सीमा काराबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको छ । साथै, इकाईल वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानून कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेका छ ।
आर्थिक वर्ष २०८१/८२ गो एएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलन उल्लेख्य रूपमा वद्धि भएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा गो एएमएलमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या १ हजार ६३८ रहेकोमा २०८१/८२ मा २ हजार ४८७ पुगेको छ । सोही अवधिमा इकाईले ८ हजार ५६५ वटा शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदन प्राप्त गरेको बताएको छ। जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतल बढी हो।
नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानून कार्यान्वयन गर्न निकायहरूमा सम्प्रषण गरेका छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको बताएको छ । आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदानप्रदान गर्दै सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी र नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रियस्तरमा हुने सहकार्यलाई थप मजबूत र विस्तार गरेको छ ।
वार्षिक प्रतिवेदनले जाखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका सुधारका प्रयासलाई इकाईको आगामी प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरेको छ ।





About Us
प्रतिक्रिया