काठमाडौं – आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४ दशमलव ९० अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ। आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९९ करोडको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एसवाई प्यानलको ३४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको २८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। दोर्दी खोलाका लगानीकर्ताले ९ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन्। सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन्।
यसदिन ६ उपसूचक राताम्य भएको छ। वाणिज्य बैंक समूहको ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशतले शेयर मूल्य घटेको छ।





About Us
प्रतिक्रिया