चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक


कोलम्बो- श्रीलङ्काकाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले निर्धारण गरेका लक्षयहरु संशोदन गर्नु पर्ने श्रीलङ्काको केन्द्रीय ब्याङ्कका गभर्नर नन्दलाल वीरासिङ्घेले जनाएको छ।

एक स्थानीय टेलिभिजन अन्तर्वार्तामा वीरासिङ्घेले ४८ महिनाको इएफएफको पाँचौँ समीक्षाका लागि आइएमएफको टोली कोलम्बो आइपुग्दा यस महिनाको अन्त्यमा कार्यक्रमको मापदण्ड संशोधन गर्ने छलफल हुने अपेक्षा गरिएको बताएको छ।

लक्ष्यले श्रीलङ्काको प्रगतिको मूल्याङ्कन गर्ने र सरकारी अधिकारीहरूसँग परामर्श गर्ने योजना निर्धारित गरिएको जनाइएको छ। अप्रत्याशित झट्का, स्वरुप आएको चक्रवात दिटवाहका कारण लक्ष्य समायोजन गर्न आवश्यक भएको छ, जसले पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ र धेरै जिल्लाहरूमा जीविकोपार्जनमा गम्भीर बाधा पुर्याएको छ।

उनले चक्रवात आउनु अघि नै वार्षिक बजेट तयार भइसकेको र आगामी समीक्षामा अन्य उदाउँदो चुनौतिहरूसँगै यसको प्रभावलाई पनि ध्यानमा राख्नुपर्ने बताए। सन् २०२३ मार्च मा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्कालाई आर्थिक सुधार कार्यक्रम र सुधार प्रयासहरूलाई समर्थन गर्न लगभग तीन अर्व अमेरिकी डलर प्रदान गर्दै ४८–महिनाको इएफएफको समिक्षालाई अनुमोदन गरेको छ।