बैंक तथा वित्तीय संस्थाले पनि सामुहिक लगानी कोष संचालन गर्न पाउने,यस्ता छन् शर्त 

बैंक तथा वित्तीय संस्थाले पनि सामुहिक लगानी कोष संचालन गर्न पाउने,यस्ता छन् शर्त 


बैकिङ्ग समाचार ।
बैंक तथा वित्तीय संस्थाले सामुहिक लगानी कोष संचालन गर्न पाउने भएका छन्  । राष्ट्र बैंकले आज 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत  निर्देशन जारी गर्दै  सामुहिक लगानी कोष संचालन गर्न सक्ने ब्यबस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामुहिक लगानी कोष संचालन गर्न सक्ने छन् ।  राष्ट्र बैंकले ५ वटा शर्त तोकेर सामुहिक लगानी कोष संचालन गर्न दिने ब्यबस्था गरेको हो । 

यस्ता छन् शर्त : 

(१) योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गर्नुपर्ने र त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई राष्ट्र बैंकले  तोके अनुसारको जोखिम भार प्रदान गर्ने ।

(२) वित्तीय कारोबार सञ्चालन भएको पाँच वर्ष पुरा भएको हुनु पर्ने । 

(३) पछिल्लो तीन वर्षदेखि लगातार मुनाफा गरेकोहुनुका साथै सञ्चित नोक्सानीमा रहेको हुन नहुने ।

(४) नेटवर्थ धनात्मक हुनु पर्ने ।

(५) सञ्चालक वा कार्यकारी प्रमुख यस बैंकको कारबाहीमा नपरेको र त्यस्तो कारवाहीमा परेको भए सो फुकुवा भएको ३ वर्ष पुगेको हुनु पर्ने ।