काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामकारबाहीसम्बन्धी कुनै गुनासा भए संस्थागत माध्यमबाट समाधानका लागि समयमै पहल गर्नआग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै बैंकिङ्ग गुनासा संस्थागत माध्यमबाट समाधान गर्न विभिन्न प्रावधान निर्धारण गरेको जानकारी दिएको हो।
वित्तीय सेवा प्रदायकबाट गुनासोको समाधानका लागि भएको कामकारबाही चित्त नबुझेमा वा गुनासो समाधान नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाईमा गुनासो दर्ता गर्न सकिन्छ।
- नेपाल राष्ट्र बैंकको अनलाइन पोर्टल www.gunaso.nrb.org.np मा गुनासो दर्ता गर्न सकिन्छ।
- राष्ट्र बैंकलाई सम्बोधन गरी लिखित निवेदनमार्फत पनि गुनासो पेस गर्न सकिन्छ।
- अन्य माध्यम जस्तै– ई–मेल, टेलिफोन तथा राष्ट्र बैंकमा स्वयं उपस्थित भई गुनासो टिपाउन वा दर्ता गर्न सकिने व्यवस्था रहेको छ।
- लघुवित्त सेवासम्बन्धी गुनासोलाई व्यवस्थापन गर्नका लागि माथि उल्लेखित व्यवस्थाको अतिरिक्त लघुवित्त संस्था सुपरिवेक्षण विभागमा अलग्गै गुनासो डेस्क स्थापना गरी टोल फ्री नम्बर र अलग्गै हटलाइनको व्यवस्था पनि गरिएको छ।





About Us
प्रतिक्रिया