१६ जना डीएसपी एसपी पदमा बढुवाका लागि सिफारिस


काठमाडौं – नेपाल प्रहरीमा १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम -४ बमोजिम सिफारिस सूची सार्वजनिक गरिएको हो।

सार्वजनिक सूचीअनुसार पुष्पराज मल्ल पहिलो वरियतामा रहेका छन्। त्यसपछि क्रमशः डिएसपीहरू धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारतीलाई बढुवा सिफारिस गरिएको छ।