काठमाडौं । द ब्रिटिस कलेजका संस्थाक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले विद्यार्थीको हक, हित र सुरक्षा कायम गर्नु आफूहरुको मूख्य उद्देश्य भएको बताएका छन् । उनले कलेजको बारेमा तथाकथित भ्रम फैलाएको बताउँदै कलेजले कानुनी, प्रशासनिक र नियामकीय प्रक्रिया पूरा गर्दै विद्यार्थीको हित र सुरक्षा कायम गरिरहेको जानकारी दिएका हुन् ।
‘कलेजमा उठाइएका केही विवादित मुद्दाहरू गलत बुझाइ र अफवाहका कारण बढेका हुन्,’ उनले भने, ‘यी विषयहरूमा तथ्य र वास्तविकतामा आधारित दृष्टिकोण आवश्यक छ।’ कलेजले गरेको लगानी केवल वित्तीय पक्षमा सीमित नभएर उनीहरुको भविष्य, गुणस्तरीय शिक्षा र दीगो शैक्षिक वातावरण निर्माण पनि भएको कँडेलको भनाई छ ।
विद्यार्थी, अभिभावक र सरोकारवालासँगको खुला संवाद कायम राख्दै विद्यार्थीहरूको हितलाई सर्वोच्च प्राथमिकता दिँदै कलेजको प्रशासनिक प्रक्रिया पारदर्शी बनाउने काम गरिरहेकाले बाहिरी अफवाह, गलत सूचना वा भ्रमजन्य प्रचार कलेजको प्रतिष्ठामा असर नगर्ने उनको भनाई छ ।
‘हामीले स्पष्ट देखाएका छौं कि कलेजको नेतृत्वले विवाद समाधान, विद्यार्थी हित र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जिम्मेवारीलाई गम्भीरतासाथ लिएको छ,’ उनले भने, ‘यस विवादलाई तथ्य र वास्तविकता आधारमा बुझ्न र समाधानतर्फ अघि बढ्न हामी प्रतिबद्ध छौं।’
यस्तै, यतिबेला देखिइरहेको विवाद समाधानका लागि कलेजले विद्यार्थी, अभिभावक र समाजसँग सकारात्मक संवाद कायम राख्ने र आवश्यक सुधारहरू लागू गर्नमा केन्द्रीत रहेको उनले बताए ।





About Us
प्रतिक्रिया