काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले घटेर २६३५ बिन्दुमा कायम भएको छ। आज ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो।
आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै एसवाई प्यानल र श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन्। सिटिजन्स म्युचुअल फन्ड २ का इकाईधनीले ५ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव २५ प्रतिशतका दरले गुमाएका हुन्। यसदिन ९ उपसूचक राताम्य भएका छन्। आज ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर रहेको हो।





About Us
प्रतिक्रिया