दुई दिनमा ६ हजार ९ सय रुपैयाँले बढ्दै ऐतिहासिक बिन्दुमा पुग्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४१ सय रुपैयाँले बढेको छ।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ५१ सय ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४९ सय ९० रुपैयाँमा किनबेच भएको थियो।