काठमाडौं – गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड ७७ लाख कुल भौतिक क्षति भएको छ । योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले ८४ अर्ब बढीको भौतिक क्षति भएको देखाएको छ । जुन क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत हो।
कुल क्षति रकम मध्ये सरकारीरसार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत अंश रहेको प्रतिवेदनमा उल्लेख छ । बागमती प्रदेश सबैभन्दा धेरै प्रभावित भएको छ। आन्दोलनको क्रममा कुल २,६७१ भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन रहेका छन् ।
आन्दोलनका क्रममा भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख, सवारी साधनमा १२ अर्ब ९३ करोड ६१ लाख, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख, नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख र बाँकी रकम ९ अर्ब २ करोड ६७ लाख अन्य अस्थायी सम्पत्ति तथा निजी सम्पत्तीमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।





About Us
प्रतिक्रिया