काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा १९.६१ अंकले बढेर बन्द भएको हो। याे साताभरी भएको ५ कारोबारमा ३ दिन बजार बढेर बाँकीको २ दिन शेयर बजार घटेको छ। यससँगै, साताभरमा कुल २७ अर्ब माथिको शेयर कारोबार भएको छ।
साताभरको शेयर कारोबारको विवरणअनुसार आइतबार नेप्से १०.२९ अंकले घटेर २६ सय १० दशमलव ६३ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, सोमबार २८.७३ अंकले बढेर बजार २६ सय ३९ दशमलव ३७ को बिन्दुमा पुगेर बन्द भएको हो। त्यसैगरी, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से पुनः उकालो लागेर ९.९३ अंकले बढेर बजार २६ सय ४९ दशमलव ३० को विन्दुमा कायम भएको थियो।
त्यस्तै, साताको चौथो कारोबारको दिन बुधबार बजार १३.३५ अंकले घटेर बजार २६ सय ३५ दशमलव ९४ को बिन्दुमा बजार बन्द भएको थियो। यसैगरी, साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से झिनो अंकले बढेर ४.५९ को वृद्धिसहित बजार २६ सय ४० दशमलव ५४ को बिन्दुमा बन्द भएको थियो ।
कारोबार कति ?
आइतबार : ४ अर्ब ९७ करोड रूपैयाँ
सोमबार : ६ अर्ब ४२ करोड रूपैयाँ
मंगलबार : ७ अर्ब ५ करोड रूपैयाँ
बुधबार : ५ अर्ब १३ करोड रूपैयाँ
बिहिबार : ४ अर्ब ८८ करोड रूपैयाँ





About Us
प्रतिक्रिया