साताको सुन कारोबार: ७ हजार २ सय रूपैयाँले बढ्याे मूल्य


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घट्दै २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भयो। आइतबार घटेको सुनको मूल्य सोमबार ४ हजार ६ सय रुपैयाँले बढ्यो। सोमबार बढेसँगै प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ पुग्यो।

सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढ्यो। ३ हजार एक सय रुपैयाँले बढ्दै  २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भयो। सोमबार र मंगलबार भारी रकमले बढेको सुनको मूल्य बुधबार घट्यो। बुधबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्दै २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भयो।

बुधबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला दुई हजार रुपैयाँ घट्यो। बिहीबार प्रतितोला सुन दुई लाख ६५ हजार सात सय रुपैयाँमा कारोबार भयो। शुक्रबार प्रतितोला सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्दै २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भयो।