काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्बढी कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा सान्भी इनर्जी, एसवाई प्यानल नेपाल, खानीखोला हाइड्रोपावर, श्री नगर एग्रिटेक र विकास हाइड्रोपावरका लगानीकर्ता रहेका छन्।
जसमा सान्भी इनर्जीका लगानीकर्ताले ८.१६ प्रतिशत त्यस्तै, एसवाई प्यानलको ५.७१ प्रतिशत, खानीखोलाको ४.६३ प्रतिशत, श्रीनगर एग्रिटेको ४.४२ प्रतिशत र विकास हाइड्रोपावरका लगानीकर्ताले ३.९० प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा सुपर म्यादी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। यस कम्पनीका लगानीकर्ताले आज ३.९० प्रतिशतका दरले गुमाएका हुन् । त्यसैगरी, सिटिजन्स म्यूचुअल फन्ड–२ का लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका हुन् । इङवा हाइड्रोपावरका लगानीकर्ताले २.७१ प्रतिशतका दरले गुमाएका हुन्।
आज सबैभन्दा धेरै एसवाई प्यानल नेपालको कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, बन्दीपुर एण्ड टुरिजमको १७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।





About Us
प्रतिक्रिया