दुई दिनमा २४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्यपनि घटेको छ। आज चाँदी तोलामा १ सय रुपैयाँले घटेको हो। यससँगै चाँदी तोलामा ४८ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।