प्रि ओपन सेसनमा २.०७ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.०७ अंक घटेर २६ सय ३३ दशमलव ८७ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा २ करोड ४६ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ४३ हजार ६१४ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनभरिमा ४८ कम्पनीको कारोबार हुँदा १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै २ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।