काठमाडौं – नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा १० जना प्रहरी उपरीक्षक बढुवा भएका छन्। कात्तिकबाट रिक्त एसएसपीको पदमा बढुवा समितिको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको हो।
बढुवाको पहिलो नम्बरमा एसपी राम प्रकाश शाह रहेका छन्। साथै, दोस्रो नम्बरमा एसपी भुवनेश्वर तिवारी रहेका छन्। त्यसपछि क्रमश: एसपीहरु ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस भएका छन्।
प्रहरीमा गत कात्तिक ९ गते भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले एसएसपीबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएपछि ५ वटा एसएसपीको पद रिक्त भएको थियो।
त्यस्तै, त्यसपछि गत १ गते पुन:विश्व अधिकारी डीआईजीमा बढुवा भएपछि थप एउटा एसएसपीको पद रिक्त भएको थियो। साथै, सुदुरपञ्चिम प्रदेशका प्रवक्ता रूपमा कार्यरत रहेका एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि एसएसपीको ७ वटा पद रिक्त भएको थियो। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम)गरेर प्राविधिक तर्फ रहेका दुई वटा पद स्थानान्तरण र एउटा पद थप गरेर १० जनालाई बढुवा गरिएको हो।






About Us
प्रतिक्रिया