काठमाडौं – युनिभर्सल पावर कम्पनी लिमिटेडले स्थगित गरेको वार्षिक साधारण सभा पुनः बोलाएको छ। कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले स्थिगित सभा पुस ३० गतेका लागि पुनः बोलाएको हो।
सो सभा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ। कम्पनीको आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को वार्षिक साधारण सभा तथा कम्पनी ऐन २०६३ बमोजिम आवश्यक गणपूरक संस्था नपुगेकाले सो सभा स्थिगित भएको थियो।





About Us
प्रतिक्रिया