नेप्सेमा १३ अंकको गिरावट, कारोबार रकम पाँच अर्ब

‘बैंकिङ्ग समूहमा ०.२४ प्रतिशतकाे गिरावट’


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अकंले घटेर २६३५.९४ बिन्दुमा कायम भएको छ। आज ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार भएको हो।

आज दिनभरिमा ३२३ वटा कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोडको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एसवाई प्यानलको कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। श्रीनगरको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन्। फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन्। शुभम पावरका लगानीकर्ताले २ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन्।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ। वाणिज्य बैंक समूहको ०.२४ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४२ प्रतिशतले शेयर मूल्य घटेको छ।