काठमाडाैं – युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलालाई लाभांश नदिने भएकाे छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस शेयर वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले देशव्यापी रूपमा विगत चार वर्षदेखि निरन्तर देखिएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको बताएकाे छ। यसका कारण ग्राहक सदस्यहरूमा सामूहिक जमानी दायित्व कमजोर भएको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको लघुवित्तले जनाएको छ।
यस्तै, व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानी संकुचन भएको, युवा विदेश पलायन र मन्दीकै प्रभावले कर्जा लगानी विस्तार हुन नसकेको अवस्था रहेको लघुवित्तले उल्लेख गरेकाे छ।





About Us
प्रतिक्रिया