काठमाडौं – नेपाल बीमा प्राधिकरणले सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सर्कुलर नै जारी गरेर सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, लघुबिमा कम्पनी, पुनर्बिमा कम्पनी र बिमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र जारी गरेको हो ।





About Us
प्रतिक्रिया