काठमाडौं – नेपाल राष्ट्र बैंकले बुद्धिमानी निर्णय लिई जिम्मेवार रूपमा कर्जाको उपयोग गर्न सर्वसाधरणलाई आग्रह गरेको छ । वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै जिम्मेवार रूपमा कर्जाको उपयोग गर्नुपर्ने बताएको हो ।
व्यवसायको उन्नति र प्रवर्द्धनका लागि एक महत्वपूर्ण साधन व्यावसायिक कर्जा रहेको भन्दै यस्तो कर्जा व्यावसायिक प्रयोजनहरू जस्तै मेसिनहरू खरिद गर्न, स्तरोन्नति गर्न, अद्यावधिक गर्न, व्यवसाय विस्तार गर्न वा व्यापार र व्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नका लागि लिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
पर्याप्त तयारीविना नै त्यस्तो कर्जा लिँदा बोझ बन्न सक्ने बताउँदै राष्ट्र बैंकले व्यावसायिक कर्जा विलासिता प्रयोजनमा प्रयोग गर्नु कर्जाको दुरूपयोग गर्नु भएको बताएको छ । कर्जालाई सही ठाउँमा लगानी गरेर आर्थिक अनुशासन कायम राख्दै आफ्नो र परिवारको वित्तीय छवि उज्यालो बनाउनुपर्ने बताएका हुन् ।





About Us
प्रतिक्रिया