काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्काशन निष्काशन गरेको छ। संस्थाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेकाे हाे।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।
यसका लागि संस्थाले प्रतिशेयर १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो एफपीओको निष्काशन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ।
संस्थाको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।





About Us
प्रतिक्रिया