यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.२९ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताहरुले भने ७ प्रतिशत भन्दा बढीका दरले कमाएका छन्। आज सर्वाधिक कमाउनेहरुमा विन नेपाल लघुवित्त, श्रीनगर एग्रिटेक, त्यस्तै सान्भी इनर्जी, सागर डिष्टिलरी र युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडका लगानीकर्ता रहेका छन्।

जसमा विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेकका लगानीकर्ताले १०/१० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै क्रमशः सान्भी इनर्जीको ९.१६ प्रतिशत, सागर डिष्टिलरीको ७.८३ प्रतिशत र युनाइटेड इदी मार्दीका लगानीकर्ताले ७.७० प्रतिशतका दरले कमाएका हुन्।

त्यससँगै, आज न्यादी हाइड्रोपावरका लगानीकर्ताले ४.३२ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले ४.३१ प्रतिशतका दरले गुमाएका छन्। त्यससँगै, सीवाईसी नेपाल लघुवित्तको ४.२१ प्रतिशत, नेपाल दुरसञ्चारको ४.०८ प्रतिशत र सूर्य ज्योती लाईफ इन्स्योरेन्सका लगानीकर्ताले ४.०४ प्रतिशतका दरले गुमाएका हुन्।

साथै, आज एसवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज ३० करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, श्रीनगर एग्रिटेकको २२ करोड ८८ लाख रुपैयाँको कारोबार गरेको भएको छ। त्यस्तै, बन्दीपुर एण्ड टुरिजमको २२ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।