चार महिनामा नेपालीले विदेश भ्रमणमा खर्चिए २८ अर्ब हाराहारी

घुम्न सौखिन नेपाली


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) सम्म विदेश घुमफिरमा जाने नेपालीले २८ अर्ब हाराहारी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भ्रमण व्यय ११.८ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ।

जसमध्ये शिक्षातर्फको व्यय ४८ अर्ब २६ करोड रूपैयाँ रहेको छ। यसअनुसार खुद भ्रमणमा भएको खर्च २७ अर्ब ४८ करोड रुपैयाँकाे हाराहारीमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

साे अवधिमा विदेशी पर्यटकबाट हुने आम्दानी ०.९ प्रतिशतले बढेको छ। साउनदेखि कात्तिक महिनासम्म २७ अर्ब १५ करोड पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६७ अर्ब ७५ करोड रहेकोमा शिक्षातर्फको व्यय ३७ अर्ब ७७ करोड रूपैयाँ रहेको थियो। समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ९१ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २२ अर्ब ३७ करोड रूपैयाँले घाटामा रहेको थियो।