लगातार ऋणपत्र जारी गर्दै केन्द्रीय बैंक, फेरि जारी गर्यो २५ अर्बको


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस २० गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

केन्द्रीय बैंकले लगातार तेस्राे पटक ऋणपत्र जारी गरेकाे हाे। यसअगाडि पुस १४ गते र १६ गते पनि १ वर्षे अवधिकाे ऋणपत्र जारी गरेकाे थियाे।