स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश उच्चबाट सदर


काठमाडौं –  उच्च अदालत पाटनले पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको छ। न्यायाधीश खिमानन्द तिवारी र दीपककुमार खरेलको इजलासले उनलाई आदेश सदर कानून बमोजिम गर्ने आदेश दिएको हो। 

उच्च सरकारी वकिलको कार्यालयले  जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेश सदर गरेको हो। 

यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सोही आदेशलाई आज जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेश सदर गरेको हो। 

यसअघि जिल्ला अदालतले लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालाई धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त आदेश ‘बेरीतको’ भएको भन्दै सरकारी पक्षले पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएको थियो।