काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहारो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.८७ अंकले बढेसँगै सूचक २६ सय ३३ दशमलव ७६ को बिन्दुमा बन्द भएको हो।
आज दिनभरमा ३४२ कम्पनीको कारोबार गर्दा कुल ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ शेयर कारोबार भएको छ। त्यससँगै, १ करोड १९ लाख ४६ कित्ता शेयर किनबेच भएको छ। आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज ग्रिन भेन्चर लिमिटेडको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज १७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, बन्दीपुर केबलकारको १५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार गरेको भएकाे छ।
आज एसवाई प्यानल र ङादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया