काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २ लाख कित्ता संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयर धनीको स्वामित्वमा रहेको सो शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिदका लागि आवेदन दिन पाउनेछन्। उक्त, शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस १६ गतेदेखि पुस २३ गतेभित्र काठमाडौंको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ।







About Us
प्रतिक्रिया