महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यानन्द चौधरीको नाममा रहेको ६ हजार २ सय ८५ कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक शेयरधनीलाई दिएको संस्थाले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक संस्थाको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले संस्थाको केन्द्रीय कार्यालय अग्नीसाइर कृणासवरण ६, महुली सप्तरीमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।