एकैदिन तोलामा ७ हजार ९ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

'चाँदीकाे मूल्य तीन सय पाँच रूपैयाँले घट्याे'


काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला सात हजार नौ सय रूपैयाँ घटेको हो।

सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रूपैयाँमा किनबेच भएको थियो। आज सुन प्रतितोला दुई लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।