काठमाडौं – नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्नुपर्ने बताएको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
केन्द्रीय बैंकले आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरु थाहा पाइराख्नुपर्ने बताएको छ । आफ्नो खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनुपर्ने उल्लेख गरेको छ ।
केन्द्रीय बैंकले भनेको छ,‘बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरूको व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र ग्राहक संरक्षण टिमममा खबर गर्नु पर्दछ ।’





About Us
प्रतिक्रिया