काठमाडौं – नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिएका छन्। बयान दिन उनी आज मध्याह्न करिब १२–३० बजे सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए।
उनी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका समयमा गृहमन्त्री थिए। आयोगमा बयान दिने क्रममा उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताए छन्।
उक्त दिनको हृदयविदारक घटनामा युवाहरूको ज्यान गएको र कैयौँ घाइते बनेको अवस्थाले आफूलाई मर्माहत मात्र बनाएको समेत बताएका छन्।
यस्तो अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले आफूले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा गर्ने निर्णय गरेको लेखकले बयानमा भनेका छन्। साथै, उनले आयोगमा बयानमार्फत जवाफ दिनुका साथै लिखित रूपमा तयार पारेको जवाफ पनि गरेका छन्।





About Us
प्रतिक्रिया