प्रदेश सरकारहरूको ४ महिनाको खर्च साढे २१ अर्ब


काठमाडौं – प्रदेश सरकारहरूले ४ महिनामा साढे २१ अर्ब हाराहारी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार कात्तिकसम्म ७ प्रदेश सरकारले २१ अर्ब ४१ करोड रुपैयाँ बराबर खर्च गरेका हुन्।

खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ देखिएको छ। केन्द्रीय बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ४७ अर्ब ३ करोड रहकाे छ। यस्तै, प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १२ अर्ब ४८ करोड रुपैयाँ छ।