बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा सामान्य गिरावट


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप स्थिर देखिएको छ। केन्द्रीय बैंकको पुस ९ गते र १० गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप स्थिर देखिएको हो।

केन्द्रीय बैंकअनुसार पुस ९ गतेसम्म बुधबार बैंकिङ्ग प्रणालीमा ७७  खर्ब ९० अर्ब रुपैयाँ संकलन भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको निक्षेप संकलन भएको छ।

समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपमा भने सामान्य गिरावट देखिएको छ। पुस ९ गतेसम्म वाणिज्य बैंकहरुमा ६८ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएकोमा भोलिपल्ट ६८ खर्ब ३३ अर्ब रुपैयाँ मात्र संलकन भएको छ।

सो अवधिमा बैंकिङ्ग प्रणालीबाट प्रवाह हुने कर्जा भने सामान्य गिरावट देखिएको छ। ९ गते ५६ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५६ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।

सो अवधिमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने कर्जामा पनि १ अर्ब रुपैयाँको गिरावट देखिएको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साे समयमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत र सिडी रेसियो ७४.०४ प्रतिशत रहेको छ।