उच्च बिन्दुबाट ६ सय रुपैयाँ घट्यो सुन, चाँदी तोलामा ४८ सय ९५ रुपैयाँ पुग्यो


काठमाडौं – सोमबार नेपाली बजारमा आज सुनको मू्ल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको हो।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य भने बढेको छ।आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ४८ सय ९५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। हिजो चाँदी तोलामा ४८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।