काठमाडौं – जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा करिब ७७ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्रधिकरणले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले ७६ अर्ब ९० करोड ५७ लाख बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले मंसिरसम्ममा २१ अर्ब ३७ करोड ४१ लाख बीमाशुल्क संकलन गरेको छ । बढी बीमाशुल्क संकलन गर्नेको दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । मंसिरसम्ममा कम्पनीले ९ अर्ब २७ करोड २ लाख बीमाशुल्क संकलन गरेको हो ।
यस्तै, एलआइसी नेपाल इन्स्योरेन्सले ८ अर्ब १८ करोड १० लाख, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब ४७ करोड ९१ लाख, एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ७५ करोड १७ लाख बीमाशुल्क संकलन गरेको छ ।
यसैगरी, मंसिर मसान्तसम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब २३ करोड २५ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ८० करोड ५२ लाख, मेटलाइफ इन्स्योरेन्सले २ अर्ब ६३ करोड ७६ लाख, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ४५ करोड ९४ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड २० लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ अर्ब २२ करोड १८ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९९ लाख कुल बीमाशुल्क संकलन गरेका छन्।







About Us
प्रतिक्रिया