सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, २ लाख ७० हजार नाघ्यो


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २७० रुपैयाँले बढेको हो। यससँगै चाँदी तोलामा ४८ सय ३५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। गत शुक्रबार चाँदी तोलामा ४५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।