मंसिरसम्ममा निर्जीवन बीमा कम्पनीले संकलन गरे १९ अर्ब बढी बीमाशुल्क


काठमाडौं – चालु आर्थिक वर्षको ५ महिना अर्थात् मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्यांकअनुसार यस अवधिसम्ममा १९ अर्ब ४८ करोड ९६ लाख कुल बीमाशुल्क आर्जन गरेको हुन् ।

मंसिर मसान्तसम्ममा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । यस्तै, शिखर इन्स्योरेन्सले मंसिर मसान्तसम्ममा २ अर्ब १५ करोड कुल बीमाशुल्क आर्जन गर्दा हिमालयन एभरेष्टले २ अर्ब कुल बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले मंसिरसम्ममा १ अर्ब ८६ करोड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब २२ करोड र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख बीमाशुल्क आर्जन गरेको छ ।

Skip This