विन नेपाल लघुवित्त र स्वरोजगार लघुवित्तबीच मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर


काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्ज हुने भएको छ। यी दुई संस्थाले मर्जरमा जान सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

काभ्रेपलान्चोकको बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा –५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्तबीच मर्जरका लागि पुस ९ गते साँझ ५ बजे प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।