सुनको मूल्यमा नयाँ रेकर्ड, आज १८ सयले बढ्यो तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो।

हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्यपनि बढेको छ। आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो।

यससँगै चाँदी तोलामा ४५ सय ६५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य थियो। हिजो चाँदी तोलामा ४४ सय रुपैयाँमा कारोबार भएको थियो।