काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुस ३० गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठको निर्णयअनुसार सो सभा अरनिको पार्टी प्यालेस बनेपा नगरपालिका ५ भिमसेनमार्ग काभ्रेपलाञ्चोकमा बोलाएको हो ।
सो सभा बिहान ११ बजेदेखि सुरुहुनेछ । सो सभाले संस्थाको हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थसिहत ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सो सभा तथा लाभांश प्रस्ताव प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्नेछ । जसअनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा सहभागि जनाउन तथा संस्थाको लाभांश प्राप्त गर्न सक्नेछन् ।





About Us
प्रतिक्रिया