दमौली – तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जिल्लाभर कृषकले पालेका ७१ हजार २१८ पशुको बीमा गरेको बताएको हो ।
पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बीमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । उनकाअनुसार सबैभन्दा बढी कुखुराको बीमा ५९ हजार ९५९ कुखुराको गरिएको छ ।
त्यस्तै, एक हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बङ्गुर, ६ हजार ५०० माछाको बीमा गरिएको छ । बीमा गरिएको पशुको २९ करोड ७५ लाख ४० हजार रहेको छ । त्यसमध्ये गार्इको १५ करोड ६७ लाख ८० हजार, भैँसीको ६ करोड ६६ लाख, बाख्राको १ करोड ५८ लाख १० हजार, बङ्गुरको १ करोड ७४ लाख, कुखुराको ४ करोड ४३ लाख ६ हजार, माछाको ५१ लाख ४ हजार मूल्य रहेको छ ।
बीमा गरिएकोमध्ये गाईमा १५ लाख ६७ हजार कृषकले बेहोरेका छन् । यस्तै, भैँसीमा ६ लाख ६६ हजार, बाख्रामा १ लाख ५८ हजार, बङ्गुरमा १ लाख ७४ हजार, कुखुरामा ३ लाख ४४ हजार, माछामा ८ हजार कृषकले बेहोरेका छन् ।
तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भैँसी, ३ लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा ९ लाख ९८ हजार ९३६, हाँसको सङ्ख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ । दुधालु गार्इको सङ्ख्या १३ हजार ९४२, दुधालु भैँसीको सङ्ख्या २१ हजार ५०३ रहेको छ ।







About Us
प्रतिक्रिया